`

रवि लामिछाने बुढानीलकण्ठस्थित निवासबाट पक्राउ

Nepal One HD २२ चैत २०८१ २१:३३
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामिछानेलाई शुक्रबार राति बुढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको हो ।

शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको थियो ।

धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै थुनामा पठाउने उच्च अदालतको आदेशपछि सामाजिक संजालमार्फत लामिछानेले आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । उनले भनेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि ठूलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस् ।’

सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छुटेका लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो । शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्चले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सुप्रिम सहकारी ठगीका अर्का अभियुक्त छविलाल जोशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि रवि भने एक करोड धरौटीमा छुटेका थिए । रवि केही दिनअघि मात्रै पार्टी राजनीतिमा फर्किएर सभापतिको हैसियतमा बैठकसमेत राखेका थिए ।


प्रतिक्रिया