`

टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा

Nepal One HD २३ चैत २०८१ १४:०५
खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले हङकङसँग हुने टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ ।

क्यानले शनिबार टोली घोषणा गरेको हो । टोलीमा लोकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन् ।

यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन् । टी–२० सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा हुनेछ।


प्रतिक्रिया