शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

प्रमुख खबर

काठमाडौं । नेपाल शिक्षक महासंघले सोमबारदेखि देशव्यापी शैक्षिक हड्ताल घोषणा गरेको छ । आइतबार विज्ञप्ति जारी गरी महासंघले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।
विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ ।
सरकारसँग विभिन्न मागहरु गर्दै गएको माघ २० गतेबाट आन्दोलनमा रहेको महासंघ यही चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट