तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

राजनीति

झापा, २४ चैतः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वाकाङ्क्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको धारणा राख्नुभयो ।
“एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन” पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ ।” उक्त दिनको सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उहाँको विश्लेषण थियो ।
सम्मानित नेता खनालले २०८४ सालको चुनावअघि नै कम्युनिष्ट शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । “वामपन्थी एकताको विकल्प छैन । टाउको जोड्ने र अङ्कमाल गर्नेमा एकतालाई सीमित गरिनु हुँदैन । अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशा निर्धारण गरेर हुनुपर्छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट