`

शिक्षकसँग सरकार प्रमुखकै तहबाट वार्ताको पहल गर्न कांग्रेसको आग्रह

Nepal One HD २५ चैत २०८१ १३:५६
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट वार्ताको पहल गर्न आग्रह गरेको छ ।

सोमबार नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखबाटै पहल हुनुपर्ने बताएका हुन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएको छ । महासंघले सोमबारदेखि शैक्षिक आमहड्ताल घोषणा गरिसकेको छ ।


प्रतिक्रिया