मंगलबारको प्रदर्शन अहिंसात्मक र शान्तिपूर्ण हुन्छः राप्रपा

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।
सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले प्रदर्शन शान्तिपूर्णरुपमा गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबारको प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए ।उनले विरोध प्रदर्शन भद्र अवज्ञा र सत्याग्रहको रुपमा अगाडि बढाउने बताए ।
साथै लिङ्देनले आफ्नो जीवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरे । राप्रपाले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।
लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट