दुर्गा प्रसाईंका दाइ राकेश पक्राउ

प्रमुख खबर

प्रहरीले दुर्गा प्रसाईंका दाइलाई पक्राउ गरेको छ।
१५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ रोकशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले राकेशलाई सोधपुछका लागि प्रहरी कार्यालयमा उपस्थित गराइएको बताए ।
२ जनाको ज्यान जानेगरी भएको राजावादी प्रदर्शनपछि दुर्गा प्रसाईं भने फरार छन् । उनी भागेर भारत पुगिसकेको आशंका गरिन्छ ।
प्रदर्शनमा उच्छृंखल गतिविधि गरेको तथा तोडफोड गरकेो आरोपमा प्रहरीले करिब ७० जनालाई पक्राउ गरेको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणा लगायतका नेताहरू समेत अहिले हिरासतमा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट