`

वायु प्रदूषण घटाउन सुमनाका पाँच सुझाव

Nepal One HD २६ चैत २०८१ १०:५२
जीवनशैली/स्वास्थ्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था आउदा पनि सरकारले आवश्यक प्रतिक्रिया दिन नसकेको बताएकी छन् ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई सुझावपत्र पठाउँदै उनले वायु प्रदूषणको भयावह अवस्थाको निराकरणतर्फ ठोस कदम सरकारलाई आह्वान गरेकी हुन् ।

उनले भनेकी छन्, ‘विश्वका सबै भन्दा प्रदुषित ठाउँहरूमा अहिले हाम्रा शहरहरू परेका छन् । प्रदूषण स्वास्थ्यलाई हानी पुर्याउने तहमा छ । यो बेला हरेक साल यही नियति भोग्नु पर्ने हुन थालिसक्यो । जनस्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था आउदा पनि सरकारले आवश्यक प्रतिक्रिया दिन नसकेको भान भएको छ ।’

सांसद श्रेष्ठले आगलागी नियन्त्रण, खुला रुपमा आगो लगाउन नियन्त्रण गर्ने, यातायात व्यवस्थापन, धुलो धुवाँ नियन्त्रण, सचेतना अभियान संचालन गरी वायु प्रदूषणलाई न्यूनीकराण गर्न सकिने उल्लेख गरेकी छन् ।


प्रतिक्रिया