`

नेपालद्वारा कुवेत ६ विकेटले पराजित

Nepal One HD २८ चैत २०८१ १०:३२
खेलकुद

काठमाडौं । चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । बिहीबार हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो । १८६ रनको विजय लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रनको पारी खेले। उनले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गरे ।

नेपालका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीले नेपाललाई जित नजिक पुर्याए । यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। तेस्रो खेल १२ अप्रिलमा नेपालले घरेलु टिम हङकङसँग खेल्नेछ ।


प्रतिक्रिया