`

सरकार विद्यालय शिक्षा ऐन जारी गर्न गम्भीर देखिएनः शिक्षक महासंघ

Nepal One HD २८ चैत २०८१ २२:५४
प्रमुख खबर

काठमाडौं । नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पुराना सहमतिहरु र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुको २४ बुँदे सूचीसहितको ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासंघले संसदीय समितिको बैठक नियमित नहुनु, समयमा उपसमिति गठन नगरिनु, गठित उपसमितिबाट पनि जुन गतिमा काम हुनुपथ्र्यो, त्यस्तो सक्रियता नदेखिनु तथा संसदको हिउँदे अधिवेशन अनुमानित मितिभन्दा अगावै अन्त्य गरिनु जस्ता कार्यले सरकार विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर नरहेको प्रष्ट भएको बताएको छ ।


प्रतिक्रिया