`

यू–१९ विश्वकप एसिया छनोटमा नेपालद्वारा हङकङमाथि ९ विकेटको जित

Nepal One HD ३ वैशाख २०८२ १४:०७
खेलकुद

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि ९ विकेटको जित निकालेको छ । बुधबार हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२. ३ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि ओपनर साहिल पट्टेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । यस्तै, ओपनर निरजकुमार यादवले २३ रनको योगदान दिए । हङकङका लागि सायन पुरीले १ विकेट लिए ।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार पारेको थियो ।

आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले यसअघि यूएईलाई ५ रन र ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया