वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको खेल रद्द, विश्वकप खेल्ने नेपालको सपना अधुरै

खेलकुद

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द हुँदा नेपाल विश्वकपमा पुग्न असफल भएको छ । शनिबार वर्षाका कारण मैदान भिजेका कारण खेल रद्द भएको हो ।
पानी रोकिए पनि मैदान नसुकेपछि खेल रद्द गरिएको थियो । नेपाल र अफागानिस्तानबीच शनिबार बिहान ९ बजेबाट खेल हुने कार्यतालिका रहेको भए पनि वर्षा कारण रद्द हुन पुगेको हो ।
खेल रद्द भएसँगै नेपाल यू–१९ विश्वकपमा पुग्न असफल भएको छ । नेपाल र अफगानिस्तानले छनोट प्रतियोगितामा तीन–तीन खेल जिते पनि रन रेटका आधारमा शीर्षस्थानमा रहँदै अफगानिस्तान विश्वकपका लागि छनोट भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट