`

एनआरएनको एकता महाविधेशनमा मेरो सहभागिता छैन : उपेन्द्र महतो

Nepal One HD १६ वैशाख २०८२ ११:१५
प्रमुख खबर

काठमाडौँ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनको एकता महाधिवेशनमा आफ्नो संलग्नता र सहभागिता नरहने घोषणा गरेका छन् ।

विज्ञप्ति जारी गरी महतोले अभियानलाई विचलित पार्नेगरी मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकोले त्यस महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका हुन् ।

उनले सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन पनि आग्रह गरेका छन् । सर्वोच्च अदालतद्वारा पुर्नस्थापित गैरआवासीय नेपाली संघको उच्च स्तरीय समितिले मे ३ देखि ५ मा एकताको महाधिवेशन गर्ने तयारी गरेको छ ।

सर्वोच्चले एनआरएनको उच्चस्तरीय समितिको पहिलो बैठक बसेको ६ महिनाभित्र एकताको महाधिवेशन गराउन आदेश दिएको छ । संस्थापक अध्यक्ष महतोले सर्वोच्च अदालतको निर्णयको मर्मअनुरुप वास्तविक एकताको महाधिवेशन गर्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया