अर्थमन्त्री पौडेल र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

प्रमुख खबर

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेल र चौथाइवालेबीच भेटवार्ता भएको हो । भेटमा दुई देशको आपसी सम्बन्धकाबारेमा छलफल भएको थियो ।
यसअघि चौथाइवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । त्यस्तै उनले कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकलगायतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट