`

भारतीय विदेश मन्त्रालयले भन्यो-प्रिसा मृत्युबारे ओडिसा प्रहरीले अनुसन्धान गरिरहेको छ

Nepal One HD १९ वैशाख २०८२ १४:२३
प्रमुख खबर

काठमाडौं । भारतीय विदेश मन्त्रालयले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै भारत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षाको विषयमा गम्भीर रहेको बताएको हो ।

उसले भारत सरकार नेपाली अधिकारी, उडिसा राज्य सरकार र केआइआइटीको व्यवस्थापनसँग नजिक रहेर कुराकानी गरिरहेको उल्लेख गरेको छ ।

मन्त्रालयले ओडिसा सरकारले मृतक परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र प्रहरीले यस घटनाको अनुसन्धान थालेको जनाएको छ ।

वीरगञ्जकी प्रिसा साह बिहीबार राति आफ्नै होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसअघि गत फागुनमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।


प्रतिक्रिया