सरकार लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न प्रतिबद्ध छः राष्ट्रपति पौडेल

प्रमुख खबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा रहेका कमीकमजोरीलाई सच्याउन संविधान संशोधन गर्ने बताएका छन् ।
शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताएका हुन् ।
उनले गणतन्त्रविरोधीलाई पनि कडा प्रतिवाद गरिने बताए । उनले भने, ‘गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने छ । समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट