राष्ट्रियसभाद्वारा केआइआइटीमा भएको घटनाको छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

प्रमुख खबर

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले केआइआइटी कलेजमा अध्ययानरत छात्रा प्रिन्सा साहको रहस्यमय निधन भएको उल्लेख गर्दै छानबिन गर्न माग गरेका थिए त्यसपछि सभाअध्यक्ष दाहालले सत्य, तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले उठाएका अन्य विषयको जवाफ संसद् नियमावलीले तोकेको समयभित्रै दिन पनि उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट