नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

राजनीति

काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक डा. अर्जुन कार्की नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले कार्कीलाई उपकुलपति नियुक्त गरेको हो ।
त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन् । उप–कुलपति तथा रजिष्ट्रारको नियुक्ति सिफारिस समितीको सिफारिसको आधारमा परिषद तथा कुलपतिबाट ऐनको प्रावधान अनुसार गरिएको बताइएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट