`

ललितपुरमा कारले बिजुलीको पोलमा ठक्कर दिएर ठूलो दुर्घटना

Nepal One HD २२ वैशाख २०८२ ९:४५
प्रमुख खबर

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएपछि सडक बन्द गरिएको छ । कारले विजुलीको पोलमा ठोक्किएर पोल भाँचिएपछि सडक बन्द भएको हो ।

त्यसक्रममा कारमा सवार तीन जना घाइते भएका र उनीहरुको बीएण्डबी अस्पताल उपचार भइरहेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।

उनले अहिले ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास भइरहेको छ । हाछेथुले मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको बताए ।


प्रतिक्रिया