`

प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

Nepal One HD २६ वैशाख २०८२ ८:१६
प्रमुख खबर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।
आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।

गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको ब्योहोरासमेत जानकारी गराइने छ ।


प्रतिक्रिया