`

पाकिस्तानद्वारा भारतीय सैन्य अखडामा भएको हमलाको अस्वीकार

Nepal One HD २६ वैशाख २०८२ ९:२०
प्रमुख खबर

बीबीसी । भारत प्रशासित कश्मीरमा रहेका आफ्ना तीन सैन्य अखडामा क्षेप्यास्त्र तथा ड्रोन हमला गरिएको भारतीय दाबीलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

भारतीय सेनाले जम्मू तथा उधमपुर अनि पन्जाब राज्यको पठानकोटमा रहेका उसका अखडामा पाकिस्तानले गरेको हमलाको प्रयत्नलाई उसले विफल तुल्याइदिएको बताएको छ । बिहीबार साँझ जम्मू नगरमा विस्फोटनका विवरण आएका थिए । पाकिस्तानका रक्षामन्त्रीले ती हमलामा आफूहरू जिम्मेवार नभएको बताए ।

उनले भने, ‘हामी त्यसलाई अस्वीकार गर्छौँ। हामीले यतिन्जेल केही आक्रमण गरेका छैनौँ । हामी आक्रमण गर्ने अनि त्यो अस्वीकार गर्ने गर्दैनौँ।’

यसअघि भारतले बिहीबार पाकिस्तानका हवाई प्रतिरक्षा प्रणालीमा हमला गरेर नष्ट गरिदिएको बताएको छ । इस्लामावादले बुधबार राति भारतका सैन्य निसानामा प्रहार गर्न खोजेकाले उक्त कारबाही गरिएको भारतले भनेको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले भारतले प्रहार गरेका ड्रोनलाई ठाउँठाउँमा निस्तेज पारिएको बताए । लाहोरमा चार सैनिक घाइते भएको अनि सिन्ध प्रान्तमा एकजना गैर सैनिक मारिएको पनि उनले बताए ।

लाहोरस्थित अमेरिकी वाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित ‘शेल्टर’मा रहन भनेको थियो । पाकिस्तानले आफ्नो हवाई क्षेत्रबाट व्यावसायिक उडान नगर्न सुझाव दिएको छ । क्षेप्यास्त्र वा हवाई हमलाले तिनलाई जोखिम हुन सक्ने उसले बताएको छ ।


प्रतिक्रिया