भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

विश्व

पञ्जाब । भारतको पञ्जाबस्थित अमृतसरमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ । मदिरा सेवनबाट गम्भीर बनेका ६ जनालाई अस्पतालमा भर्ना गरिएको पञ्जाब प्रहरीले जनाएको छ । एएनआईका अनुसार अमृतसरको मजीठा जिल्लामा यो घटना भएको हो ।
प्रहरीले मदिराका मुख्य सप्लायर परबजीत सिंहसहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सरकारले तर्फबाट नक्कली मदिरा सप्लायरविरुद्ध कडा कारबाहीको निर्देशन दिएको छ ।
अमृतसरका डिप्टी कमिश्नर साक्षी एसले मेडिकल टिम यी पाँच गाउँका घर घरमा गएर परीक्षण गरिरहेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया