`

इरानले उच्चस्तरीय युरेनियम प्रशोधनमा तीव्रता ल्यायो : आईएईए

Nepal One HD १७ जेठ २०८२ २१:५१
विश्व

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) द्वारा तयार पारिएको गोप्य प्रतिवेदन अनुसार इरानले पछिल्लो केही महिनामा उच्च स्तरको युरेनियम प्रशोधन प्रक्रियामा तीव्रता ल्याएको देखिएको छ ।

सन् २०१५ मा सम्पन्न आणविक सम्झौता कार्यान्वयनमा नआएपछि इरान र संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको यो नियामक निकायबीच सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण बन्ने गरेको छ । उक्त सम्झौतामा प्रतिबन्ध हटाउने सर्तमा इरानको आणविक गतिविधिमा सीमितता ल्याउने व्यवस्था गरिएको थियो ।

आईएईएको हालैको त्रैमासिक प्रतिवेदनअनुसार, सन् २०२५ मे १७ सम्म इरानले जम्मा ४०८ दशमलव ६ मेट्रिक टन युरेनियमलाई ६० प्रतिशत शुद्धतासम्म प्रशोधन गरेको जनाएको छ, जुन अघिल्लो प्रतिवेदनको तुलनामा १३३ दशमलव ८ टनले बढी हो ।

संस्थाका अनुसार इरान नै हालसम्मको एक मात्र यस्तो राष्ट्र हो, जसले आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउँदै पनि युरेनियमलाई सो स्तरसम्म प्रशोधन गरेको छ । यद्यपि, इरानले बारम्बार आफूप्रति लागेको हतियार विकासको आशङ्कालाई अस्वीकार गर्दै आएको छ ।

आईएईएको अर्को विस्तृत विवरणमा इरानले संस्था सङ्ग समन्वयमा केही क्षेत्रमा अपेक्षित स्तरको सहयोग नगरेको उल्लेख गरिएको छ ।


प्रतिक्रिया