`

मदन भण्डारीले देखाएको मार्ग नेपाली राजनीति र समाजका लागि मार्गदर्शक

Nepal One HD १४ असार २०८२ २१:२१
राजनीति

काँक्रेविहार (सुर्खेत),१४ असार – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जननेता मदन भण्डारीले देखाएको मार्ग आज पनि नेपाली राजनीति र समाजका लागि मार्गदर्शक भएको बताउनुभएको छ ।

जननेता भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ नं वडा कमिटीले आज सुर्खेतमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले जननेता भण्डारीले प्रतिपादन गर्नुभएको विचार, सिद्धान्त र व्यवहार वर्तमान राजनीतिक नेतृत्वका लागि अनुकरणीय छ भन्नुभयो ।

मदन भण्डारीले देखाएको बाटो दलगत सीमाभन्दा माथि उठेर समावेशी, प्रगतिशील र जनमुखी समाज निर्माण गर्ने बाटो भएकाले उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि देशकोे राजनीतिमा सान्दर्भिक रहेको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *