कैलाली र कञ्चनपुरमा भारी वर्षा


धनगढी । कैलालीमा भारी वर्षा भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिका क्षेत्रका भारी वर्षा भइरहेको हो । महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले सोमवार बिहान ८ः४५ मा २१२ दशमलव २ मिलि मिटर वर्ष मापन गरेको छ।
अत्तरियामा रहेको वर्षा मापन केन्द्रमा आइतवार साँझ ५ः४५ देखि सोमबार बिहान ८ः४५ सम्ममा २१२ दशमलव २ मिलिमिटर वर्ष मापन गरिएको हो। अत्तरियामा मापन गरिएको यो वर्षा भारी हो । सोमवार बिहानदेखिको वर्षाका कारण धनगढी जलमग्न भएको छ।
धनगढी उपमहानगरपालिका, पार्क मोड, रातो पुल लगायत मुख्य क्षेत्रमा पानी भरिएको छ । धनगढीसँग जोडिएको मोहना नदीमा पानीको सतह बढेको छ।
पानीको सतह बढेकाले मोहना नदी आसपासका क्षेत्रहरूमा सतर्क रहन भनिएको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढी, गोदावरी, पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी वर्ष भएको बताए।