`

पत्रकार दिलभूषण पाठकविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

Nepal One HD १६ असार २०८२ १७:१९
प्रमुख खबर

काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर भएको हो । सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको हिल्टन होटलमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रशारण गरेका थिए ।

अभियोगपत्रमा उक्त सामग्री प्रकाशन गर्न प्रयोग भएका कम्प्युटर, फ्लपी, कम्प्याक्ट डिस्क, टेप ड्राइभ, सफ्टवेयर वा अन्य उपकरण जफत गर्न माग गरिएको छ । यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *