प्रधानमन्त्री ओलीसँग इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीको छुट्टछुट्टै भेटवार्ता


सेभिया (स्पेन), १६ असारः संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुलीसँग आज द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुरमा श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।
यसैगरी आजै यहाँ प्रधानमन्त्री ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षबारे छलफल भएको थियो ।
—