`

टेक्सास बाढीमा मृत्यु हुनेको संख्या १०० नाघ्यो, अझै दर्जनौँ बेपत्ता

Nepal One HD २४ असार २०८२ ८:३६
विश्व

बीबीसी । मध्य टेक्सासमा गत शुक्रबार आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ भने दर्जनौ बेपत्ता भएका छन् । पीडितहरूको खोजी र उद्धार कार्य जारी रहेका बेला मौसममा फेरि खराबी आउने पूर्वानुमान गरिको छ ।

उद्धार टोलीहरू नदी किनारमा थुप्रिएको हिलो र भग्नावशेषमा खोजी गरिरहेका छन् । तर बाढी आएको चार दिन बितिसक्दा पनि जीवित भेटिने सम्भावना निकै कम देखिएको अधिकारीहरूले बताएका छन् ।

केर काउन्टीस्थित ग्वाडालुपे नदी किनारमा रहेको ख्रीष्टियन बालिका ग्रीष्मकालीन शिविर क्याम्प मिस्टिकका कम्तीमा २७ बालिका र कर्मचारीको ज्यान गएको पुष्टि गरिएको छ।

शिविरका १० बालिका र एक सल्लाहकार अझै बेपत्ता रहेको शिविर प्रशासनले जनाएको छ । सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ ५६ जना वयस्क र २८ जना बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी कार्यालयका अनुसार अझै २२ वयस्क र १० बालबालिकाको पहिचान खुल्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *