`

बाढीले तीन जलविद्युत आयोजनामा क्षति हुँदा २०० मेगावाट विद्युत उत्पादन बन्द

Nepal One HD २४ असार २०८२ ११:१६
अर्थ समाचार

काठमाडौं । सोमबार रातिदेखि रसुवास्थित नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् ।

उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको छ भने ‘थ्रि बि हब सबस्टेसन सबैभन्दा बढी जोखिममा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *