`

पूर्वप्रधानमन्त्री हसिनाले आन्दोलनमाथि घातक दमनको आदेश दिएको अडियो सार्वजनिक

Nepal One HD २५ असार २०८२ १०:४१
विश्व

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख हसिनाको स्वीकृतिमा भएको खुलासा भएको छ।

बीबीसी आइले फेला पारेको एउटा अडियोमा हसिनाले सुरक्षाकर्मीहरूलाई प्रदर्शनकारीहरूमाथि गोली चलाउन निर्देशन दिएको स्पष्ट रूपमा सुनिन्छ ।

गत मार्चमा सार्वजनिक भएको अडियोमा हसिनाले ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको र ‘उनीहरू जहाँ भेटिए पनि गोली चलाउने’ निर्देशन दिएको सुनिन्छ। अहिले सो अडियो बङ्गलादेशमा मानवअधिकारविरुद्धको मुद्दामा हसिनाविरुद्धको प्रमुख प्रमाणका रूपमा प्रयोग हुने भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार गत वर्षको आन्दोलनमा करिब १,४०० जनाको ज्यान गएको थियो। हसिनाले भारततर्फ पलायन गरेकी छिन् भने उनी र उनको पार्टी अवामी लिगले सबै आरोप अस्वीकार गरेका छन् ।

अवामी लिगका प्रवक्ताले उक्त अडियोले कुनै ‘गैरकानुनी उद्देश्य’ वा ‘अत्यधिक बल प्रयोग’ देखाउँदैन भन्दै आरोपको खण्डन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *