`

नेप्सेमा ७ अर्ब ४५ करोडको कारोबार

Nepal One HD २५ असार २०८२ १५:४२
अर्थ समाचार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । बुधबार नेप्से २२ दशमलव ०४ अङ्कले बढेर २ हजार ७ सय ५ दशमलव ९० विन्दुमा पुगेको छ ।

आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैकिङ समूहको शेयर १ दशमलव ६८ प्रतिशतले उकालो लागेको छ । आज वरुण हाइड्रोपावर कम्पनीको शेयर ६ दशमलव २१ प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंकको शेयर भने ४ दशमलव ४१ प्रतिशतले घटेको छ । आज ३१६ वटा कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ४५ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *