`

कांग्रेसले गर्यो पार्टीका २३ नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

Nepal One HD २५ असार २०८२ १८:०२
बिशेष

काठमाडौं । नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । ५ जनालाई एक वर्ष, १७ जनालाई ६ महिना र एक जनालाई ३ महिना साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको कांग्रेसका अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।

पार्टीका खोटाङ जिल्लाका सभापति विष्णुकुमार राईलाई पनि एक वर्ष साधारण सदस्यतासमेत नरहने गरी निलम्बित गरिएको छ । पूर्वमन्त्री तथा कास्कीका पार्टी महाधिवेशन प्रतिनिधि कुमार खड्कालाई पनि एक वर्ष साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *