`

नेप्सेमा ९ अर्ब ६८ करोडको किनबेच

Nepal One HD २६ असार २०८२ १६:१७
अर्थ समाचार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ । यस्तै माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ । आज ३१२ कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *