‘पैसा कमा केटी’

मनोरञ्जन

काठमाडौं । गायिका जमुना सनमले नयाँ तीज गीत ‘पैसा कमा केटी’ ल्याएकी छन् । जमुना र शान्तिश्री परियारको स्वर रहेको गीत बिहीबार सार्वजनिक गरिएको हो ।
गीतमा राजु सुनामको शब्द, एरेन्ज र संगीत रहेको छ । गीतमा धन पैसा हुनेको मात्र समाजमा इज्जत हुने बिडम्बनापूर्ण अवस्थालाई चित्रण गरिएको छ ।
गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र स्मारिका ढकालको अभिनय छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट