`

आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै

Nepal One HD २९ असार २०८२ ७:३९
प्रमुख खबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ।

शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो।
सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ।

देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *