प्रशिक्षक प्रेम दर्नालले खोले आफ्नै प्रशिक्षण केन्द्र


ललितपुर महालक्ष्मी नगरपालिका स्वस्तिक तेक्वान्दो डोजानग नामक प्रशिक्षण केन्द्र उद्घाटन भएको छ। सनिवार सोहि नगरपालिकाका मेयर हरि गोबिन्द श्रेष्ठ तथा उपमेयर लक्ष्मी महर्जनको उपस्थितिमा उक्त तालिम केन्द्र उद्घाटन भएको हो। उक्त दिन खेलाडिहरुको ग्रेडिङ प्रमाणपत्र तथा बेल्ट बितरण पनि गरिएको थियो।
कार्यक्रममा प्रशिक्षक प्रेम दर्नालले ३ बर्ष अघि आफुले कडा मेहनत गरी संचालन गरेको संस्थामा आएर बालबालिकाहरु तथा खेलाडीहरुलाई सेवा दिइरहेको बताए । ३ बर्ष अघि ५ जना परीवारकै सदस्यबाट शुरु गरीएको संस्थामा अहिले तेक्वान्दो खेलप्रति रुची देखाउदै सर्यौ भाइबहिनिहरु सहभगि भएर बिभिन्न प्रतियोगितामा मेडल जित्दा खुशी लागेको अनुभव प्रशिक्षक दर्नालले आफ्ना अनुभव सुनाए ।
मेयर हरि गोबिन्द श्रेष्ठले नगरवासी बालबालिका तथा खेलाडहीहरुको सुबिधा र बिकासको लागि नगरपालिकाले सहयोग गर्दै आएको बताएका छन् । महालक्ष्मी ३ इमाडोल ललितपुरमा संचालन भैरहेको स्वस्तिक तेक्वान्दो डोजाङ का खेलाडीहरुलाई ग्रेडिङ प्रमाणपत्र तथा बेल्ट बितरण गर्दै मेयर श्रेष्ठले आफ्नो कार्यकालमा सक्दो खेल क्षेत्रको लागि सहयोग र प्रोत्साहन गर्ने बताए । यस्तै उपमेयर लक्ष्मी महर्जनले पनि खेल मार्फत खेलाडीहरुको बिकासको लागि पालिकाले बजेट छुटाएर सहयोग गर्ने बताइन ।
यस्तै स्वस्तिक तेक्वान्दो डोजाङ का अध्यक्ष इन्द्र कुमार श्रेष्ठले आफुले धेरै समाजसेवा गरीरहेको र ललितपुरमा पनि यो सस्थाल बालबालिकाले खेल मार्फत आफ्नो करियरनै निर्माण गर्न सकुन भन्ने उदेश्यले आफु लागीरहेको बताए । कार्यक्रममा ललितपुरका बिभिन्न वडाका अध्यक्ष तथा समाजसेवी ,अभिभावक तथा बुद्धिजीविहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खेल मार्फत योगदान पुर्याउने बिभिन्न खेलाडीहरुलाई सम्मान समेत गरीएको थियो । यसै गरी कार्यक्रममा ७० भन्दा बढी प्रशिक्षार्थीहरुले कला कौशल समेत प्रस्तुत गरेका थिए ।