मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ ३१ मा भारत जाँदै

बिशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । जस अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने भएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट