`

पूर्वमन्त्री रमेशनाथ पाण्डेले गरे रविमाथिको प्रतिशोध विरुद्ध हस्ताक्षर

Nepal One HD ९ साउन २०८२ १४:०५
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध पूर्वमन्त्री रमेशनाथ पाण्डे हस्ताक्षर गरेका छन् । शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँ वनस्थली पुगेर पाण्डेले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।

रास्वपाले सभापति लामिछानेमाथि राजनीति प्रतिसोध भएको भन्दै गत असार ७ गतेबाट देशव्यापी हस्ताक्षर अभियान चलाएको थियो । अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वन्यायाधीश बलराम केसी, वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी देखि अभिनेत्री मनिषा कोइरालासम्मले हस्ताक्षर गरेका छन् ।

लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार विहिबार सम्म रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *