मदन भण्डारीले सपथ खुवाएर राजनीतिमा आएको हुँ, कसैले मेरो सदस्यता फाल्न सक्दैनन्: पूर्वराष्ट्रपति


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा (एमाले) को पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेकी छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूले राष्ट्रपति हुँदा नै पार्टी सदस्यता लिएको ३४ वर्ष भइसकेको उल्लेख गर्दै अहिले ४५ वर्ष पुगेको उल्लेख गरिन्।
‘यो घाम जत्तिकै छर्लंग भएको कुरा हो। मलाई पार्टी सदस्य हुनबाट बन्चित गर्नुपर्ने कुनै कारण छैन। ऐन कानुन पारटीको मूल्यान्यता, मेरो स्वतन्त्रता नियन्त्रण हुने गरी गरिएको निर्णयले मलाई दुखित तुल्याएको छ। यसले पार्टीको शाख गिराउनेछ। सत्यलाई अस्थायी रुपमा छेक्न सके पनि सत्यलाई लुकाउन सकिँदैन। जनवादको मूल्यमान्यता पनि यही हो।’ जननेता मदन भण्डारी त्यतिखेर कोशी सगरमाथाको इञ्चार्ज हुनुहुन्थ्यो उहाँले सपथ खुवाएको हो मलाई । कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन ।
उनले थपिन्, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३४ वर्ष भइसकेको थियो। अहिले ४५ भइसकेको छ। पार्टी सिद्धान्तप्रति प्रतिबद्ध हुँदाहुँदै बन्ञित गर्न कदाबी मिल्दैन।’
बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको दृढतापूर्वक बताएकी छन् ।