`

‘पार्टीको सिद्धान्त, नीति र जनहितका मुद्दा जनताको घरदैलोमा लिएर जान आवश्यक छ’ – उपेन्द्र यादव

Nepal One HD ११ साउन २०८२ २१:१०
राजनीति

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सिद्धान्त, नीति र जनहितका मुद्दा घरदैलोमा पुग्न पार्टीसम्बद्ध नेताहरूलाई निर्देशन दिनुभएको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा आज सम्पन्न केन्द्रीय विभाग र जनवर्गीय सङ्गठन प्रमुखहरूको संयुक्त बैठकमा उहाँले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा जनताको बीचमा पार्टीको सन्देश पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष यादवले जसपा नेपालले उठाउँदै आएको कतिपय मुद्दासम्बन्धी सन्देश अझै जनताबीच स्पष्ट रूपमा पुगाउन नसकिएको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले पार्टी सङ्गठन सुदृढीकरण, प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “अब विश्राम वा चुप लाग्ने समय छैन । सम्पूर्ण शक्ति लगाएर आगामी निर्वाचनको तयारीमा जुट्नुपर्छ । निर्वाचनमा सफलता प्राप्त गर्न कार्यक्षमता विकास र जनसम्पर्क विस्तार अनिवार्य छ”, अध्यक्ष यादवको भनाइ थियो ।

बैठकमा प्रशिक्षण कार्यक्रम, नेतृत्व विकासका पहल, जनसम्पर्क सञ्जाल विस्तार तथा जनवर्गीय सङ्गठनको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जसपाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *