`

फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश

Nepal One HD १२ साउन २०८२ १८:३३
मनोरञ्जन

माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो । फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता गरे । फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने–‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले ‘राम नाम सत्य’को कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ । यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ । यसैले साइन गरेको हुँ ।’

फिल्म ‘राम नाम सत्य’का लागि केही महिनादेखि आयुषले मिहिनेत पनि गरिरहेका छन् । फिल्मका निर्देशक माइकल चन्दले भने–‘आयुष र हामीबिच काम गर्ने सहमती भएसँगै हामीले उनलाई एक्सनको तालिम पनि दिइरहेका छौं । अब, उनले अभिनयको कोर्स पनि सुरु गर्दैछन् । उनले फिल्मका लागि निकै मिहिनेत गरिरहेका छन् ।’
साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ ।
यो फिल्ममा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुने निर्माणपक्षले बताएको छ ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ । तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर नविन जंग शाह हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्मलाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *