“अष्ट्रेलियाका सहरहरूमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै”


एक नयाँ अध्ययन अनुसार, अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र पर्थजस्ता ठूला सहरहरूमा अब मौसमजन्य विपत्ति अझ तीव्र र बारम्बार हुने सम्भावना बढेको छ ।
न्यु दक्षिण वेल्स विश्वविद्यालयले सार्वजनिक गरेको अध्ययन अनुसार भविष्यमा यस्ता सहरहरूमा ठूलो क्षति पु¥याउने आकस्मिक मौसमी घटनाहरू बढ्नेछन्, जसले घर, गाडी, खेती र सौर्य उपकरणहरूमा गम्भीर असर पु¥याउन सक्छ ।
विश्लेषक टिम राउपाकका अनुसार, जलवायु परिवर्तनले तातो हावा र बादलहरू छिटो बन्ने वातावरण बनाउँछ, जसले शक्तिशाली आँधीबेहरी र भारी वस्तु खसाल्ने खालका मौसमी परिस्थिति निम्त्याउँछ । अहिले २० वर्षमा एकपटक मात्र हुने यस्तो घटना अब तीन वर्षमै दोहोरिन सक्छ ।
सन् १९६७ देखि २०२३ सम्म अष्ट्रेलियामा बीमाले तिर्नुपरेको क्षतिको करिब २० प्रतिशत यस्ता मौसमी दुर्घटनाका कारण भएको पाइयो । खासगरी देशको पूर्वी भाग यस्तो जोखिममा बढी देखिएको छ ।
यस्ता घटनाहरूले सौर्य ऊर्जा विस्तारमा चुनौती थपे पनि, यसले पूर्वाधार बलियो बनाउने चेतना ल्याउनुपर्ने देखिएको विज्ञहरूले जनाएको छ ।
अध्ययनकर्ताहरूले घरहरूको संरचना बलियो बनाउने, सवारी साधनका लागि सुरक्षित स्थानको व्यवस्था गर्ने र निर्माण मापदण्डमा वातावरणीय सुरक्षा सुनिश्चित गर्ने उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।
राउपाकले भन्नुभयो,“हामीले प्रदूषण घटाउनु आवश्यक छ । साथै, हाम्रो सहर र बस्तीको संरचना यस्ता प्राकृतिक संकटबाट जोगिन सक्ने किसिमले विकास हुन जरुरी छ ।”