`

कांग्रेसका नेताहरुले गराए सिँचाइ र खानेपानी समस्या बारे सिचाई मन्त्रीलाई ध्यानाकर्षण

Nepal One HD १५ साउन २०८२ १८:१२
राजनीति

जनकपुर । मधेश प्रदेशमा उत्पन्न सिचाई तथा खानेपानीको समस्या बारे नेपाली कांग्रेसका जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहितको मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवलाई ध्यानाकर्षण गराएका छन् ।

गत केही दिनदेखि मधेसका विभिन्न जिल्लामा सिँचाइ र खानेपानी आभावले जनजीवन कष्टकर बन्दै गएकाले तत्काल समस्या समाधान गर्न मांग गर्दै बिहीवार नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवको नेतृत्वमा कांग्रेस आबद्ध जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरु सहितको डेलिगेशन टोलीलेले ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री यादवलाई ध्यानाकर्षण गराएका हुन ।

सह महामन्त्री यादवले मधेश प्रदेशका जिल्लाहरुमा विकट समस्या उत्पन्न भएकाले तत्काल सिचाई तथा खानेपानीको उपलब्ध गराउनुका साथै सबै ठाउँमा नयाँ बोरिङ जडान हुन नसकेपनि गत वर्षमा जडान भएका वा पुराना रहेका अधुरा बोरिङहरुलाई चालु गराउन माग गरे ।

टोलीमा सहभागी प्रदेश सांसद कुमरकान्त झाले सुख्खा र खेडरीले अन्नको भण्डार भनिने मधेश प्रदेशमा चरम संकट उत्पन्न भएको छ । समयमै यसको समाधान गरिएन भने आम जनता खाना र पानीका आभावमा मर्ने अवस्था आउन सक्छ । त्यसको दृष्टिगत गर्दै प्रदेश सरकारले तत्कालै ठोस कदम चाल्न जरुरी छ ।

बैठकमा सहभागी प्रदेश सरकारका तर्फबाट मन्त्रालयका निमित सचिव रामकुमार खंगले मधेश सरकारसँग पर्याप्त बजेट आभाव र अर्थमन्त्रालयबाट रकम आउन नसकेको कारण तत्काल समस्या समाधान गर्न नसकिरहेको जानकारी गराउंदै अर्थमन्त्रालयबाट रकम आउन बितिकै सकेसम्म समस्या समाधान गरिने प्रतिबद्धता जनाए ।

साथै उनले संघीय सरकारले घोषणा गरेको ५ सय बोरिङ जडानको प्याकेज आउन बितिकै काम धमाधान शुरु गरिनेछ । अधुरा योजनाहरु बारे टोलीमा सहभागीहरुले राखेको कुरामा सचिव खंगले संघीय सरकारको ३७१ वटा खानेपानीको आयोजना अधुरो रहेको छ । तर कम बजेट पठाएको कारण सबै सम्पन्न गर्न सक्ने अवस्था नरहेको जनाएका थिए ।

टोलीमा सहभागीहरुको कुरा सुन्दै मन्त्री यादवले भने हामी तयारी अवस्थामा छौं । अर्थमन्त्रालयले रकम पठाए लगतै सकेजति बोरिङ जडानको कार्य शुरु गर्नेछौंं । अर्थमन्त्रालयले रकम नपठाएपनि उत्पन्न खानेपानी समस्याको दृष्टिगत तत्काल खानेपानी डिप बोरिङ जडानको कार्य थालेका छौं । तर यसले समस्या समाधान हुने अवस्था छैन ।

प्रदेश सरकारबाट जडान गरिएका बोरिङहरु पनि अधुरा अवस्थामा रहेको बारे मन्त्री यादवले भने गत वर्ष अर्थमन्त्रालयबाट ढिलो गरी रकम पठाएकाले धेरै बोरिङहरु अधुरै रहन गएको हो । तर रकम चाहिं जति काम भएको छ त्यतिकै नै भुक्तानी गरेका छौं । गत वर्षका र पुराना अधुरा योजना पुरा गर्न अनुगमन टोली खटाइ सकेका छौं । अर्थमन्त्रालयबाट रकम आए लगतै पहिला त्यसलाई प्राथमिकतामा राखि काम अघि बढाउनेछौं ।

सो डेलिगेशन टोलीमा सहमहामन्त्री यादव र प्रदेश सांसद झा संगै अर्का प्रदेश सांसद अञ्जु पण्डित, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, मिथिला नगरपालिकाका वडाध्यक्षहरु सहित नेपाली कांग्रेसका नेता श्याम यादव, मदन घिमिरे लगायतका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *