`

‘दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा दिन्छौँ’ – एनपी साउद

Nepal One HD १७ साउन २०८२ ७:०६
राजनीति

कञ्चनपुर – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आयोजित कार्यक्रममा उहाँले भूमि आयोगका कार्यलाई जनशक्ति थपेर भए पनि तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । अव्यवस्थित बसोवासीले तिर्नुपर्ने जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको उहाँले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको पर्यटकीय मार्ग निर्माणका लागि काम अगाडि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो । “यसबारे सम्बन्धित पक्षसँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “मार्गको प्रवेश विन्दुमा पर्ने स्याली नदीमा पुलको आवश्यकता छ ।”

पूर्वमन्त्री समेत रहनुभएका उहाँलाई स्थानीय बासिन्दाले जङ्गली जनावरको आतङ्क रोक्न मेसवायर जडान, सनवोरा र स्याली नदीमा तटबन्ध निर्माण, सनवोरा नदीमा पक्की पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *