`

अझैसम्म जीवित रहन सकेँ, एकचोटि फेरि नयाँ विद्रोह गर्छु: प्रचण्ड

Nepal One HD १८ साउन २०८२ १४:२४
माओवादी केन्द्र

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा एकचोटि नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरूलाई सम्झिँदै अध्यक्ष दाहालले देशमा एकचोटि नयाँ विद्रोह आवश्यक रहेको र आफूले गर्ने पनि बताएका हुन्।

उनले भने,’आज हामी बल गर्दै छौँ। देशभक्तिलाई, क्रान्तिकारी, वामपन्थीलाई जोडेर प्रतिक्रियाबादीहरुको षडयन्त्रहरूको प्रतिवाद गर्ने हामीले कोशिश गरेका छौँ। हाम्रो वर्गसँग जोडिने बल गर्दै छौ। मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने सङ्कल्पसहित हामी हिँडिराखेका छौँ । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *