`

माछापुच्छ्रे बैंकले वर्षदिनमा कमायो २ अर्ब बढी नाफा, अन्य सूचकहरु कस्ता छन ?

Nepal One HD २० साउन २०८२ ११:४६
अर्थ समाचार

काठमाडौं । वर्षदिनमा माछापुच्छ्रे बैंक लिमिटेडले २ अर्बबढीको नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले देखाएको हो । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आर्थिक वर्षमा ९२.४५ प्रतिशतले खुद नाफा बढाएको छ ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत र सञ्चालन मुनाफा ९९.९१ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३. ८० रुपैयाँ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *