सेयर बजारमा उच्च अङ्कको गिरावट

अर्थ समाचार

काठमाडौं । सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) ४१ दशमलव ७८ अङ्कले घटेर २८३३ दशमलव ५७ को बिन्दुमा बन्द भएको हो ।
साताको तेस्रो कारोबारका दिन कुल २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै नेप्से १६ दशमलव ४६ अङ्कले बढेर २८७५ दशमलव ३६ को बिन्दुमा बन्द भएको थियो ।
आजको कारोबारमा समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै, थ्रि स्टार हाइड्रोपावर लिमिटेडको सेयर नेगेटीभ सर्किट लेभलमा कारोबार भएको छ ।
मङ्गलवार कारोबार रकमका आधारमा हिमालयन रिइस्योरेन्स शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट