एमआरपी लागु नगर्नेलाई विभागले गर्यो तीन लाख जरिवाना


काठमाडौं । नेपाल लेदर क्राफ्टलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । सोमबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले धिकतम् खुद्रा बिक्री मूल्य लागु नगरेको भन्दै उक्त लेदर क्राफ्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुरमा उक्त जरिवाना गरेको जनाएको छ । धिकतम् खुद्रा बिक्री मूल्य ९एमआरपी० लागु नगर्नेलाई तत्काल जरिवाना गरिरहेको विभागको भनाई छ ।
यसका साथै सोमबार विभागले रोयल क्लास कलेक्शनलाई पनि ३ लाख रुपैयाँ जरिवाना गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित रोयल क्लास कलेक्शनलाई पनि विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसुरमा कारबाही गरेको जनाएको छ ।
गत फागुन पहिलो सातादेखि विभागे बजार अनुगमनलाई कडाइ गर्दै अधिकतम खुद्रा बिक्री मूल्य ९एमआरपी० अनिवार्य अभियान नै सुरु गरेको हो । अहिले उक्त एमआरपी अभियान अन्तर्गत नै विभिन्न होलसेल तथा रिटेल सबैमा अनुगमन गर्दै कारबाही गरिरहेको छ ।