`

महाकालीमा पानीको प्रवाह बढेपछि सवारी साधन सञ्चालनमा रोक

Nepal One HD २९ साउन २०८२ १२:४६
समाचार

भीमदत्त (कञ्चनपुर) । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ। पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ। जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए । उनका अनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो । दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *