साताभर सेयर बजारमा ६२ अङ्कको गिरावट, कस्तो रह्यो कारोबार ?


काठमाडौं । यस साता सेयर बजार २ दशमलव १८ प्रतिशतले घटेको छ । यस साता ९साउन २५ गतेदेखि २९ गतेसम्म०नेपाल स्टक एक्सचेन्ज९नेप्से० २ दशमलव १८ प्रतिशतले घटेको हो ।
साताभर नेप्से परिसूचक ६२ दशमलव ०१ अङ्कले घटेको छ । अघिल्लो साता९साउन १८ गतेदेखि २२ सम्म० नेप्से ७२ दशमलव २६ अङ्कले घटेर २८२६ दशमलव ३७ को बिन्दुमा बन्द भएको थियो ।
साताभर बजारमा तीव्र उतारचढावसँगै कुल ३० अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । परिसूचकले साताभर उच्चतम २८७५ दशमलव ४५ को बिन्दुलाई छोएको थियो भने न्यूनतम २७८४ दशमलव ३६ को बिन्दुसम्म उतारचढाव देखियो ।
कस्तो रह्यो साताको कारोबार ?
साताको पहिलो कारोबारका दिन सार्वजनिक बिदाका कारण कारोबार बन्द रह्यो । साताको पहिलो कारोबार सोमबार नेप्से २७ दशमलव९१ अङ्कले गिरावट आयो । सोमबार बजारमा कुल १० अर्ब २१ करोडको कारोबार हुँदा सेयर बजारमा ० दशमलव ९८ प्रतिशतले घटेको थियो ।
साताको दोस्रो कारोबारको दिन मङ्गलवार पनि सेयर बजारमा दोहोरो अङ्कले गिरावट भयो । मङ्गलवार परिसूचक २६ दशमलव २२ अङ्कले घटेर २७९६ दशमलव २४ को बिन्दुमा बन्द भएको थियो । जहाँ कुल ६ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, साताको तेस्रो कारोबारका दिन बुधवार नेप्से १० दशमलव ५० अङ्कले घटेर २७८५ दशमलव ७४ को बिन्दुमा बन्द भयो । बुधवार बजारमा कुल ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबारका दिन बिहीबार सेयर बजारमा सामान्य अङ्कको वृद्धि भयो । बिहीबार नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले बढेर २७८८ दशमलव ३६ को बिन्दुमा बन्द भएको हो । साताको अन्तिम कारोबारका दिन बजारमा कुल ७ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।